हिउँ खेल्न कालिञ्चोक !

दोलखाः धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिउँ परेको छ। आज दिउँसोबाट कुरी, कालिञ्चोकसहित जिल्लाका उच्च भूभागहरूमा हिउँ परेको छ।
कालिञ्चोक आसपास क्षेत्रमा यो वर्षकै दोश्रो पटक हिउँ परेको हो। आज दिउँसो सामान्य वर्षापछि हिमपात भएको हो। हिमपातसँगै यस क्षेत्रका होटल व्यवसायी खुशी भएका छन्। केही वर्ष यता हिउँ खेल्ने उत्कृष्ट गन्तव्यको रूपमा रहेको कालिञ्चोक उल्लेख्य आन्तरिक पर्यटक पुग्ने गरेका छन्।
आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहनसक्ने अनुमान गरिएको छ। ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा मन्दिर दर्शन, हिउँ खेल्न तथा हिउँमा खेलिने सहासिक खेल स्कीका लागि पर्यटक पुग्ने गरेका छन्।
पुष ९, २०७८ शुक्रबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।