एसएसपी यादवको शव पोस्टमार्टमको लागि पठाउने तयारी

एसएसपी यादवको शव पोस्टमार्टमको लागि पठाउने तयारी

भैरहवाः प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवकी श्रीमती रूपमकुमारी यादव संघीय प्रहरी एकाइ कार्यालय भैरहवा पुगेकी छिन्। मृतक यादवकी श्रीमती आएपछि मात्र अन्य प्रक्रिया अगाडि बढाउने भन्दै एसएसपीको शवलाई यथास्थितिमा राखिएको थियो।

हाल यादवको शवको मुचुल्का बनाउनेदेखि पोस्टमार्टमको लागि पठाउने तयारी गरिएको छ।

संघीय प्रहरी एकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादव आज दिउँसो आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनास्थलमा अझै पनि पत्रकारहरूलाई रोक लगाइएको छ।

पुष ९, २०७८ शुक्रबार १९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।