नेपाली मार्केटिङ एसोसिएसन (एनएमए) को गठन

नेपाली मार्केटिङ एसोसिएसन (एनएमए) को गठन

काठमाडौँ : देशभरि रहेको बजारीकरण पेशेवरहरूको एउटै आवाज सृजना गर्ने उद्देश्य राखेर एनएमए, नेपाल गठन भएको छ।

काठमाडौँको होटेल सोल्टीमा गरिएको एनएमएको औपचारिक कार्यक्रममा अन्तरिम बोर्डका ४–सदस्य घोषणा गरियो। जसमा  कान्तिपुर मिडिया ग्रुपका महेश स्वाँर अध्यक्ष, त्रिविका सह–प्राध्यापक डा. गोपाल थापा महासचिव, सह–प्राध्यापक सुशील अवाले सचिव र गोल्छा ग्रुपका मार्केटिङ पुनम सिंहलाई कोषाध्यक्ष छन्।

बोर्डका अन्य सदस्यहरूमा अभय गोर्खाली, सुमन शाक्य, सृजना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा छन्।

सोही कार्यक्रममा एनएमएद्वारा डा. तुलसी धरेललाई एनएमएको गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्माननीय सदस्यको रूपमा अभिनन्दन गरिएको थियो। ३ अन्य सदस्यहरू, डा. बगला बस्नेत रवीन्द्रमान श्रेष्ठ र रबी केसी छन्।

बजारीकरण पेशेवरहरूलाई उनीहरूको कार्य प्रति सहयोग गर्न उनीहरूको व्यक्तिगत पेसागत जीवन उत्तम बनाउन र नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरू समावेश गर्न प्रवर्द्धन गर्नको एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको बताएको छ।

एनएमएले बजारीकरण फर्टिनिटीलाई सहयोग गर्न र विकास गर्न प्रतिबद्ध भएकोले दुवैलाई फाइदाजनक सम्बन्ध कायम गर्नुको साथै लक्ष्यप्रति लगाव भएका संस्थालाई संलग्न गर्दै शिक्षा दिन, उत्प्रेरित गर्न र सम्बन्धित सरोकारवालालाई प्रेरित गर्न संयुक्त रूपमा काम गर्ने बताएको छ।

पुष ९, २०७८ शुक्रबार १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।