एसएसपी यादव झुण्डिएको अवस्थामा भेटिए

एसएसपी यादव झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा फेला परेका छन्।

उनी शुक्रबार दिउँसो आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव एआइजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन्।

मृतकका आफन्त बोलाएर थप प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको र मृत्युबारे अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ। आफ्ना ब्याजका एआइजी भइसक्दा पनि उनी भने एसएसपीमै अड्किनुपर्दा उनी निरास थिए।

पुष ९, २०७८ शुक्रबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।