सुनको मूल्य  २ सय रुपैयाँले घट्यो

सुनको मूल्य  २ सय रुपैयाँले घट्यो

काठमाडौं : सुनको मूल्य आज प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ। छापावाला सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ।

पुष ९, २०७८ शुक्रबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।