प्रधानमन्त्रीलाई भेटेर फर्कँदै प्रदेश प्रमुखहरू 

प्रधानमन्त्रीलाई भेटेर फर्कँदै प्रदेश प्रमुखहरू 

काठमाडौँ  : प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सात वटै प्रदेशका प्रमुखहरूसँग छलफल गर्दै छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखहरूसँग छलफल गर्न लागेका हुन्।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्ण आचार्यले बिहीबार राष्ट्रपति कार्यालयमा भएको कार्यक्रम सकिएकाले शुक्रबार हेटौडा आइपुग्ने बताए। 

‘अस्ति काठमाडौँ जानु भएको हो, हिजो राष्ट्रपति कार्यालयमा कार्यक्रम थियो’,प्रवक्ता आचार्यले उकेरासँग भने,‘अहिले फर्कदैहुनुहुन्छ भन्ने जानकारी छ।’ 

राष्ट्रपतिको कार्यालयमा भएको कार्यक्रम सकेर फर्कने बेला प्रदेश प्रमुखहरूले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्। 

पुष ९, २०७८ शुक्रबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।