तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना 

तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना 

काठमाडौं : तराईका जिल्लामा बिहान हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विभागले तराईका भूभागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ। 

विभागले बुलेटिन निकालेर चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध पनि गरेको छ। विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको विभागले निकालेको बुलेटिनमा उल्लेख छ।

विभागले दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने अनुमान गरेको छ। 

पुष ९, २०७८ शुक्रबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।