कांग्रेसकाे पदाधिकारी र सदस्यमा निर्वाचितहरुलाई शनिबार प्रमाण पत्र वितरण

कांग्रेसकाे पदाधिकारी र सदस्यमा निर्वाचितहरुलाई शनिबार प्रमाण पत्र वितरण

काठमाडौं : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने जनाएको छ।

कांग्रेसको निर्वाचन समितिले शनिबार बिहान ११ बजे पार्टी कार्यालय ललितपुर सानेपामा निर्वाचित भएको प्रमाण पत्र वितरण गर्ने समितिका सचिव केशव रिजालले जानकारी दिए। 

समितिले १३ पदाधिकारीसहित १३४ पदको मत गणना सम्पन्न गरेर परिणाम बिहीबार सार्वजनिक गरेको छ। मङ्सिर २७ गते कांग्रेसको केन्द्रीय समिति चयनका लागि मतदान भएको थियो। 

समितिले विज्ञप्ति निकालेर नवनिर्वाचित केन्द्रीय कार्य समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ। 

पुष ८, २०७८ बिहीबार २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।