निफ्रा छाडेर बङ्गलादेश बैङ्क गए पाण्डे

काठमाडौँ : नेपाल इन्फास्ट्रक्चर बैङ्क (निफ्रा) को डेपुटी सिइओ भूपेन्द्र पाण्डे नेपाल बङ्गलादेश बैङ्क गएका छन्। उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।
बिहीबार बसेको बैङ्क सञ्चालक समिति बैठकले उनलाई सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले राष्ट्रिय वाणिज्य बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेका थिए। निफ्रा खुलेपछि उनी डीसीईओको रूपमा भित्रिएका थिए।
सञ्चालक समितिले निफ्रामा रामकृष्ण खतिवडालाई सिइओ बनाएपछि उनी असन्तुष्ट थिए। एनएमबीका सिइओ ज्ञानेन्द्र ढुङ्गानाको दोस्रो कार्यकाल पुस १७ गते सकिँदैछ। उनी बैकबाट बाहिरिने भएपछि सञ्चालक समितिले पाण्डेको नियुक्तिको निर्णय गरेको हो।
पुष ८, २०७८ बिहीबार २०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।