प्राध्यापक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित

क्याम्पस प्रमुख डा.जीवनधर ज्ञवालीले विज्ञप्ति निकालेर विद्यार्थी कुवेर जेठारालाई क्याम्पसबाट निष्कासन गरेको जानकारी दिएका हुन्।
पुस ६ गते स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको समयमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत परीक्षासँग असम्बन्धित विद्यार्थी जेठाले निरीक्षक प्राध्यापकमाथि साङ्घातिक आक्रमण गरेको विज्ञप्तिमा लेखिएको छ।
क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्याएको भन्दै क्याम्पस प्रमुख ज्ञवालीले कानुनी कारबाही अगाडी बढिसकेको जानकारी दिएका छन्।
पुष ८, २०७८ बिहीबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।