प्रधानन्यायाधीशको विवादमा निकास दिन महान्यायाधिवक्ताले गरे प्रधानमन्त्रीसँग आग्रह

महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको समस्याको निकास दिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्।
महान्यायाधिवक्ता कार्यालयले गरेको कार्यक्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा भइरहेको विवादले निकास पाउनु पर्ने बताए। न्यायाधीश, बार र न्यायालयको विकृति विसङ्गतिको विषयमा प्रश्न उठेको भन्दै उनले सर्वदलीय बैठक बसेर भए पनि निकास दिनुपर्ने बताए।
‘न्यायालयमा सेवाग्राहीले सेवा नपाएको गुनासो दिनानुदिन सुनिएको छ’, महान्यायाधिवक्ता खातीले भने,‘लोकतन्त्र, मानवअधिकार, विधिको शासनको कुरा उठाइरहँदा न्यायाधीश, बार र न्यायको सन्दर्भमा विकृति विसंगतबारे कुरा उठिरहेको छ।’
उनले न्यायपालिकाकाे विवादलाई निकास दिन विपक्षी या सर्वदलीय बैठक राख्न पनि प्रधानमन्त्रीसँग आग्रह गरे।
पुष ८, २०७८ बिहीबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।