एमसीसी सम्झौता : कार्यदलको बैठकमा प्रारम्भिक छलफल 

एमसीसी सम्झौता : कार्यदलको बैठकमा प्रारम्भिक छलफल 

कार्यदलका संयोजक एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको डल्लुस्थित निवासमा बुधबार बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको छ। 

प्रारम्भिक छलफल सकारात्मक रूपमा अगाडि बढेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सत्तारुढ गठबन्धनका दलहरूले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका थिए।

कार्यदलमा एकीकृत समाजवादीका नेता खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्की रहेका छन्। कार्यदलले संसद् बैठक सञ्चालन गर्नेदेखि संसद्मा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश दिइएको थियो । 

पुष ७, २०७८ बुधबार २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।