ललिता निवास जग्गा प्रकरणका बिचौलिया पक्राउ 

ललिता निवास जग्गा प्रकरणका बिचौलिया पक्राउ 

५६ वर्षका रामकुमारलाई कमलादी र ५२ वर्षकी माधवीलाई ताहाचलबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। 

उनीहरू ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको उनले बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा उनीहरूलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। 

पक्राउ परेका बिचौलिया दम्पत्तीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रवक्ता महतोले जानकारी दिए। 

पुष ७, २०७८ बुधबार १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।