माओवादीको राष्ट्रिय सम्मेलन : पार्टी कमजोर हुनुको समीक्षा गर्ने 

माओवादीको राष्ट्रिय सम्मेलन : पार्टी कमजोर हुनुको समीक्षा गर्ने 

सम्मेलनमा प्रदेश प्रतिनिधि ८०३, केन्द्रीय प्रतिनिधि २७, केन्द्रीय विभागबाट १०२, आयोगबाट ७५, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय सल्लाहकारबाट १४९ र आयोजक समितिका तर्फबाट १७९ प्रतिनिधि सहभागी हुने माओवादीले जनाएको छ।

जनयुद्धका घाइते, अपाङ्गता भएका, पूर्वजनमुक्ति सेनाबाट पाँच प्रतिशत मनोनीत गरिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।  

माओवादीले यसअघि टोल, वडा, शाखा, महाशाखा, पालिका र प्रदेश सम्मेलन गरिसकेको छ। 

सम्मेलनको लोगो सार्वजनिक

माओवादीले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ। लोगोभित्र विश्व कम्युनिस्ट आन्दोलनका अग्रज नेताको प्रतीक राखिएको छ।

यस्तै पार्टीको झन्डा र निर्वाचन चिह्न राखिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर प्रवक्ता महराले सम्मेलनको राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिए।  

चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ। 

माओ दिवस यही पुस ११ गते परेको छ। राष्ट्रिय सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ। 

प्रवक्ता महराले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई त्यसतर्फ निर्देशित गर्ने उद्देश्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन लेखिरहेको जानकारी दिए। 

प्रचण्डको राजनीतिक प्रतिवेदन स्थायी कमिटी बैठकले अनुमोदन गरेपछि मात्र राष्ट्रिय सम्मेलनमा पेस हुनेछ। प्रवक्ता महराले २०६४ सालको निर्वाचनमा आम जनताको विश्वास जितेको पार्टी अहिले यो अवस्थामा आइपुग्नेको समीक्षा हुने बताए। उनले हिजोको अवस्थाबाट अहिलेको कमजोर अवस्थामा आइपुग्नुको कारणबारे समीक्षा हुने उल्लेख गरे।

पुष ७, २०७८ बुधबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।