अन्तर्जातीय विहे गरेपछि अपहरित चन्द्रे कामी आठ दिनपछि भेटिए

अन्तर्जातीय विहे गरेपछि अपहरित चन्द्रे कामी आठ दिनपछि भेटिए
तस्बिर: सामाजिक सञ्जाल

‘असईको कमाण्डमा खटिएको टोलीले आज बिहान ८ बजे खार्पुनाथमा हिँडिरहेको अवस्थामा भेटाएका छौं’, प्रहरी निरीक्षक भण्डारीले भने,‘अबको एक घण्टामा सदरमुकाम ल्याउन थालिएको छ। सोधपुछपछि मात्रै सबै विवरण आउने छ।’

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रेले मंसिर ५ गते मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ललाई भगाएपछि रमिलाका माइती पक्षले २९ गते राति अपहरण गरी लगेका थिए।

त्यसै दिनदेखि चन्द्रे सम्पर्कविहीन थिए। उनलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो।

पुष ७, २०७८ बुधबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।