कुल पूजा मान्न आएकी महिलालाई जब धामीले पैतला चटाए

नेपालगञ्जको खजुराबाट सुर्खेतको लेकवेंसी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवार (माइती देवता)को कुल पूजामा आएकी ती महिलालाई देवता चढेको भन्दै दुर्व्यवहार गर्ने वीरेन्द्रनगर —७ का धामी भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का धामी मिलन ज्ञवाली, वीरेन्द्रनगर–११ का पुजारी भूपेन्द्र ज्ञवालीलाई सुर्खेत प्रहरीले मंगलबार पक्राउ गरेको हो।
‘पुस ४ गते माइती देवताको कुल पूजामा धामी–झाँक्रीसँग उपचार गराउने क्रममा ती महिलामाथि धामीले पैतला चटाएर अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी प्रतिवेदनका आधारमा दुई जना धामी र एक जना पूजारीलाई पक्राउ गरेका छौं’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कनक शाहीले भने, ‘म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेका छौं।’
प्रहरी निरीक्षक शाहीका अनुसार भिडियोमा देखिएकी पीडित महिला प्रहरीको सम्पर्कमा भए पनि जाहेरी दिन मानेकी छैनन्। सार्वजनिक भएको भिडियोमा भने एक जनाले महिलालाई पैतला चटाएका छन्। अर्का एक जनाले महिलामाथि देवता चढेको बहानामा शारीरिक रूपमा आक्रमण गरेका छन्।
पुष ७, २०७८ बुधबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।