आज प्रतिनिधि सभाको बैठकमा अध्यादेश स्वीकृत गराउने र नगराउने प्रस्ताव पेश हुने

आज प्रतिनिधि सभाको बैठकमा अध्यादेश स्वीकृत गराउने र नगराउने प्रस्ताव पेश हुने

आज गृहमन्त्री खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै सांसद प्रेम सुवालले सोही अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्। 

यस्तै गृहमन्त्रीले नै ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भन्दै प्रस्ताव पेश गर्ने र  सो प्रस्ताव अस्वीकार गरियोस् भन्ने सुवालले सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई पनि गृहमन्त्री खाँणले स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्ने र सुवालले अस्वीकृत गरियोस भनी सूचना प्रस्तुत गर्नेछन्। 

यस्तै आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् भने सुवालले सोही अध्यादेश अस्वीकार गरियोस् भनी सूचना प्रस्तुत गर्नेछन्।

पुष ७, २०७८ बुधबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।