इजरायलमा कोरोनाविरुद्ध चौथो डोज खोप दिने तयारी

कतिपय मानिसहरूले पहिलो मात्रा खोप पनि नपाइरहँदा इजरायलमा भने चौथो मात्रा सुरु गरिनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्। इजरायलका महामारीजन्य रोग विशेषज्ञहरूले ६० वर्षमाथिका र स्वास्थ्यकर्मीहरूलाई थप एक डोज खोप दिनुपर्ने बताउँदै आएका छन्। उनीहरूको मागप्रति प्रधानमन्त्री नफ्ताली बेनेट सकारात्मक भएपछि चौथो डोजको तयारी थालिएको हो।
मङ्गलबार ओमिक्रोन सङ्क्रमित एक जनाको मृत्यु भएसँगै एक डोज खोप थप दिने तयारी थालिएको हो। इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायलमा ३४० जना ओमिक्रोन सङ्क्रमित फेला परिसकेका छन्।
पुष ७, २०७८ बुधबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।