महिलालाई दुर्व्यवहार गर्दा धामी र पूजारी पक्राउ

महिलालाई दुर्व्यवहार गर्दा धामी र पूजारी पक्राउ

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन्। लेकबेंसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए।

पीडित पक्षले हालसम्म उजुरी नदिए पनि पक्राउ परेकामाथि अनुसन्धानका लागि अदालतबाट अनुमति लिइसकेको शाहीले बताए। प्रहरीले घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको छ। 

पुष ७, २०७८ बुधबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।