प्रधानन्यायाधीशले बोलाए न्याय सेवाको बैठक

बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
प्रधानन्यायाधीश आयोगको अध्यक्ष रहने व्यवस्था छ। सदस्यमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै आएको छ। बारले न्याय सेवा आयोगको बैठक बोलाउने तयारी प्रति पनि विरोध जनाएको थियो।
सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागू भएपछि प्रधानन्यायाधीश राणाको इजलास गठन भएको छैन। उनी सर्वोच्च गए पनि मुद्दाको सुनुवाइ प्रक्रियामा सहभागी भइरहेका छैनन्।
तर, उनले बुधबारका लागि न्याय सेवा आयोगको बैठक भने बोलाएका छन्।
पुष ६, २०७८ मंगलबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।