एक करोड ६६ लाख ठगी गर्ने जग्गा दलाली पक्राउ

काठमाडौँको बौद्ध बस्ने दुर्गाबहादुर भण्डारीलाई कागेश्वरी मनहरा नगरपालिका–६ थलीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
प्रहरीका अनुसार भण्डारीले आठ जनाबाट एक करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ।
उनले जग्गा खरिद गरिदिने भन्दै पैसा बैना गर्ने तर जग्गा नामसारी नगर्ने र पैसा माग्दा चेकबाट पैसा फिर्ता लिनु भन्दै पैसा नभएको बैङ्क खाताको चेक दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पुष ६, २०७८ मंगलबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।