शशाङ्कलाई पनि जितिन् मुक्ता यादवले, सदस्यमा ३९६० मत

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय सदस्यको मतमा मुक्ताकुमारी यादवले शशाङ्क कोइरालालाई समेत उछिनेकी छिन्।
कोइरालाले खुल्लातर्फको केन्द्रीय सदस्यमा ३८३६ मत ल्याएका थिए। मधेसी महिलातर्फ उम्मेदवार बनेकी मुक्ताले ३९६० मत पाएकी छिन्।
महाधिवेशनमा संस्थापन र संस्थापनइतर समूहमा उम्मेदवार विभाजित हुँदा उनी कुनै समूहमा खुलेकी थिइनन्। शशाङ्क शेरबहादुर देउवा र शेखर कोइराला दुवै समूहको सूचिमा थिए। मुक्ताको नाम पनि दुवै समूहको सुचीमा थियो। यादव निवर्तमान सदस्य हुन्।
दोस्रो भएकी मिनाक्षी झाले ३०१२ मत पाइन्। मञ्जु कुमारी यादव २८८६ र नागिना यादवले २८४६ मत ल्याइन्। २७२२ मत पाएर किरण यादव पराजित भइन्।
पुष ६, २०७८ मंगलबार १८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।