थप २९० जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु  

थप २९० जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु  

काठमाडौँ : नेपालमा थप २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। १७ हजार ८९ परीक्षणका गर्दा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

नेपालमा हालसम्म पीसीआर परीक्षणका क्रममा सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख २६ हजार २०६ पुगेको छ। यस्तै एन्टीजेन परीक्षणका सङ्क्रमितको सङ्ख्या ९६ हजार २१ पुगेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ लाख ९ हजार ३८७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ। 

यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ। 

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २४२ रहेको मन्त्रालयले जनाएको छ। 

पुष ६, २०७८ मंगलबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।