रवीन्द्र मिश्रको कारबाही मिलन पाण्डेले गरे अस्वीकार 

रवीन्द्र मिश्रको कारबाही मिलन पाण्डेले गरे अस्वीकार 

काठमाडौँ : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफूलाई निष्कासन गर्ने अध्यक्ष रवीन्द्र मिश्रको निर्णय अस्वीकार गरेका छन्।

मिश्रले अबैधरूपमा आफ्नो समूहको बैठक बोलाई आफूलाई पार्टी संयोजकबाट निष्कासन गर्ने निर्णय गरेको भन्दै पाण्डेले निष्कासनको निर्णय अस्वीकार गर्ने जानकारी दिएका हुन्। 

‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा सो विपरीत पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र  भ्रमपूर्ण विज्ञप्ति निकाल्नु दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु’पाण्डेले विज्ञप्तिमा लेखेका छन्। 

पाण्डेले अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न अनुरोध पनि गरेका छन्। आफ्नो आस्थालाई कसैले खोस्न र कारबाही गर्न नसक्ने पाण्डेले विज्ञप्तिमा लेखेका छन्। 

२०१ सदस्यीय विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको घोषणा कुनै समानान्तर समिति नभएको पाण्डेले प्रस्टीकरण पनि दिएका छन्। 

पुष ६, २०७८ मंगलबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।