वीर अस्पताललाई डाबर नेपालको सहयोग 

वीर अस्पताललाई डाबर नेपालको सहयोग 

काठमाडौँ : डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत वीर अस्पताललाई सघन उपचारको लागि  २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरू हस्तान्तरण गरेको छ।

डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राना र एच.एस. बेदी, व्यापार प्रमुख–नेपाल तथा म्यानमारले वीर अस्पतालका निर्देशक प्रा. डा. भूपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरेको डाबर नेपालले जनाएको छ। 

विश्वव्यापी महामारीको समयमा स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्रयासमा सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको डाबर नेपालले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

 

पुष ६, २०७८ मंगलबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।