विवेकशील साझाबाट निकालिए संयोजक पाण्डे, सदस्य समेत नरहने गरी कारबाही

विवेकशील साझाबाट निकालिए संयोजक पाण्डे, सदस्य समेत नरहने गरी कारबाही

काठमाडौँ : पार्टी नेतृत्व विरुद्ध निकृष्ट व्यक्तिगत आरोप लगाएको र समानान्तर समिति बनाएको भन्दै मिलन पाण्डे कारबाहीमा परेका छन्।

पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका हुन्। पाण्डेलाई दिएको पत्रमा स्पष्टीकरण चित्त बुझ्दो नभएको, पार्टी र नेतृत्व विरुद्ध काम गरेको र समानान्तर समिति बनाएको भन्दै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले कारबाहीको निर्णय गरेको उल्लेख छ।

पाण्डे विवेकशील नेपाली दलको अध्यक्ष भएपछि उज्ज्वल थापाले नमाने पनि साझासँग एकता गरेर संयोजक बनेका थिए। उनीसँगै रञ्जु दर्शना, हरिस भट्ट लगायतका युवा समेत साझामा गएका थिए।

मिश्रले सङ्घीयता, धर्मनिरपेक्षताको विपक्षको राजनीतिक प्रस्ताव पारित गरेपछि साझामा वैचारिक विवाद बढेको थियो। 

पुष ६, २०७८ मंगलबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।