रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले घोषणा गरे अभियान

काठमाडौँ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध संयोजक मिलन पाण्डेले २०१ सदस्यीय विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको घोषणा गरेका छन्।
विधान च्यातेर अगाडी बढ्ने, पार्टीमा विधान मानौँ भन्ने, संविधानविरुद्ध नलागौँ भन्ने नेताहरूलाई कारबाही गर्ने, जिम्मेवारी खोस्ने र पार्टीमा व्यवस्था विरोधी, धर्मको नाममा द्वन्द्व फैलाउने नीतिविरुद्ध पाण्डेले २०१ सदस्यीय पार्टी सुदृढीकरण अभियानको घोषणा गरेका हुन्।
पार्टीका गणतन्त्र र संविधान पक्षका नेताहरूलाई भूमिका विहीन बनाउने, विभागहरू भङ्ग गर्ने, प्रदेशको नेतृत्व फेर्ने लगायतका काम भइरहे मिश्रले गरिरहेको पाण्डेले आरोप लगाएका छन्।
पाण्डे समूहले हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यावत राख्दै पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको केन्द्रीय समिति घोषणा गरेको प्रवक्ता हरीशप्रसाद भट्टले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अभियानले घोषणा भएको मितिले ९० दिन भित्र राष्ट्रिय सम्मेलन गर्नेछ भने त्यस अगाडी सम्पूर्ण प्रदेश र जिल्लामा समिति गठन गर्नेछ।
पुष ६, २०७८ मंगलबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।