सानिमा बैङ्कको प्रमुख कार्यकारीमा पाण्डे

सानिमा बैङ्कको प्रमुख कार्यकारीमा पाण्डे

काठमाडौँ : सानिमा बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन्। बैङ्कको सञ्चालक समितिले पाण्डेलाई  प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

२०७० सालदेखि सानिमा बैङ्कमा कार्यरत पाण्डे २०७८ असोजदेखि सानिमा बैङ्ककै नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए। २०७८ माघ १२ गतेदेखि उनले प्रमुख कार्यकारीको रूपमा काम गर्नेछन्।

पाण्डे यसअघि नविल बैङ्कमा थिए। नविलमा १८ वर्ष काम गरेका उनी सनिमामा आएका थिए।

पाण्डेले बैङ्कको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको रूपमा काम गरिसकेका छन्। उनी सानिमा क्यापिटलको सञ्चालक पनि भइसकेका छन्। 

पुष ६, २०७८ मंगलबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।