विद्यार्थीको मृत्यु भएपछि केएमसी कलेज बागबजारको सुरक्षा व्यवस्था कडा

काठमाडौं : बाथरुममा बेहोस भएर विद्यार्थी सुशील सहनीको मृत्यु भएपछि केएमसी कलेज बागबजारको सुरक्षा व्यवस्था कडा पारिएको छ।
विद्यार्थीहरुले आज सुशीलको मृत्युको तथ्य माग गरेको थिए। महानगरीय प्रहरी परिसकार प्रवक्ता दिनेशराज मैनालीका अनुसार नुहाउने क्रममा बेहोस भएका मैनालीको उपचारको क्रममा काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको थियो।
उनको शरीरको पोष्पार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। ‘पोष्पमार्टमपछि के कारणले मृत्यु भएको हो रिपोर्ट आउला,’ उनले भने, ‘अहिले प्रारम्भिक अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार छानविनको माग गर्दै सुशीलका परिवारले माली गाउँ प्रहरी वृत्तमा जाहेरी दिएका छन्।
पुष ६, २०७८ मंगलबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।