सुनको भाउ तोलामा ८ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं : सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ। सोमबारको तुलनामा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको भाउ ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको भाउ सोमबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको छ। मंगलबारका लागि चाँदीको भाउ तोलाको १२ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

पुष ६, २०७८ मंगलबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।