ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

धनगढी : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अमरगढी नगरपालिका-५, तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ट५९८५ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा अजयमेरु गाउँपालिका-१ बस्ने २० वर्षीय सुरेश पार्कीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीले ट्याक्टर चालक अमरगढीकै महेश ताम्राकार र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।
पुष ६, २०७८ मंगलबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।