नेट्राभेट १० नामक लागुऔषध सहित तीन जना पक्राउ

धनगढी : कञ्चनपुरको पुनर्बास नरपालिका-४, कार्गिलडाँडाबाट तीन जना लागुऔषध सहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरीले से३प ७५२५ नम्बरको मोटरसाइकल चढेर भारततिरबाट आएका लालझाडी गाउँपालिका-१, बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ।
बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको प्रहरीले जनाएको छ।
पुष ६, २०७८ मंगलबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।