अमेरिकी डरलको भाउ थोरै घट्यो, कहाँको पैसाको दर कति ? 

अमेरिकी डरलको भाउ थोरै घट्यो, कहाँको पैसाको दर कति ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिद दर १ सय २१ रुपैयाँ १६ पैसा तोकेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको बिक्री दर १ सय २१ रुपैयाँ ७६ पैसा तोकेको छ।

केही दिनसम्म १ सय २२ रुपैयाँ ४ पैसा बिक्री दर रहेको अमेरिकी डलर आज केही घटेको छ।

यस्तै युरो एकको खरिददर १ सय ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ३७ रुपैयाँ १२ पैसा तोकिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १ सय ५९ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ५२ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ। 

साउदी अरेबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३ पैसा र बिक्री दर ३३ रुपैयाँ २० पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ।

मलेसियन रिङगिट एकको खरिद दर २८ रुपैयाँ ६७ पैसा र बिक्रीदर २८ रुपैयाँ ८१ पैसा, युएई दिराम एकको खरिद दर ३२ रुपैयाँ ९९ पैसा र बिक्री दर ३३ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।

पुष ६, २०७८ मंगलबार ०९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।