विदेशबाट आयात गरिने वस्तुमा राष्ट्र बैंकको कडाइ

विदेशबाट आयात गरिने वस्तुमा राष्ट्र बैंकको कडाइ

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले विदेशबाट आयात गरिने वस्तुमा कडाइ गरेको छ

राष्ट्र बैङ्कले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, शौचालय भान्छा कोठाका सामग्री र चाँदी आयात गर्न बैङ्कमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो।

आयातमा मार्जिन व्यवस्थासम्बन्धी एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै प्रतीतपत्र एलसी खोल्दा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

अब विदेशबाट सामान आयात गर्नेहरूले त्यसअघि नै रकम जम्मा गर्नुपर्नेछ। त्यस्तो प्रयोजनका लागि बैङ्कहरूले स्वदेशी मुद्रामा कर्जा प्रवाह गर्न पनि नपाउने भएका छन्।

सरकारी निकाय, कूटनीतिक नियोग र अस्पतालका लागि आवश्यक सामान, औद्योगिक कच्चापदार्थ, औषधिजन्य प्रयोजनका सामग्री, विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटर र विद्युतीय सवारी आयात गर्न भने मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छैन।

तर, पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्नेछ।

पुष ६, २०७८ मंगलबार ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।