माओवादी केन्द्र बागमती प्रदेशमा सरल सहयात्री निर्वाचित

माओवादी केन्द्र बागमती प्रदेशमा सरल सहयात्री निर्वाचित

काठमाडौं : नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन्। २ सय ६१ मत खसेकोमा १ सय ६२ मत ल्याएर सहयात्री निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी दिनानाथ गौतमले ८६ मत ल्याएको माओवादीको निर्वाचन कमिटीले जनाएको छ।

तीन जना उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी विजयी भएका छन्।

सचिवमा इन्द्रबहादुर थिङ तथा सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित भएकी छन्। सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको प्रयास असफल भएपछि चुनाव भएको हो।

पुष ६, २०७८ मंगलबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।