पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं : देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा आज हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले मौसम बुलेटिन निकालेर हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।
विभागका अनुसार पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली रहने विभागले अनुमान गरेको छ।
मंगलबार राति प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
पुष ६, २०७८ मंगलबार ०७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।