माओवादीको वागमती प्रदेशमा १४ मत खसेन

काठमाडौँ : नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सकिएको छ।
२७५ मतदाता मध्ये १४ मत नखसेको माओवादीको निर्वाचन कमिटीले जनाएको छ। मतदान सकिएकाले अब केहीबेरमै मतगणना सुरु गर्ने तयारी गरिएको कमिटीले जनाएको छ।
बागमती प्रदेश कमिटी अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेल चुनावी मैदानमा छन्। यस्तै ३ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ।
दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुङ्गाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्मा उपाध्यक्ष पदमा भिडेका छन्।
यस्तै एक जना सचिव पदका लागि रामचन्द्र अधिकारी र इन्द्रबहादुर थिङले उम्मेदवारी दिएका छन्। सहसचिव ३ पदका लागि ९ जना र कोषाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
पुष ५, २०७८ सोमबार २२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।