गठबन्धन भत्काउने ओलीको प्रयास सफल हुँदैन : मन्त्री श्रेष्ठ 

गठबन्धन भत्काउने ओलीको प्रयास सफल हुँदैन : मन्त्री श्रेष्ठ 

दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीमा मतभेद सृजना गरेर गठबन्धन भत्काउने केपी ओलीको प्रयास सफल नहुने बताएका छन्। 

तनहुँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनले छिट्टै साझा धारणा सार्वजनिक गर्ने र गठबन्धन भत्काउने ओलीको प्रयास सफल नहुने बताएका हुन्। 

उनले एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको बताए। 

मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको उल्लेख गरे। 

वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउँदै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन गर्न लागिएको जानकारी दिए।  

पुष ५, २०७८ सोमबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।