बर्दियाको गुलरियामा बजाजको नयाँ शोरुम 

बर्दियाको गुलरियामा बजाजको नयाँ शोरुम 

बर्दिया : नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले बर्दियाको गुलरियामा नयाँ शोरुम ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडको उद्घाटन गरेको छ।

बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोप्राइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको छ।

नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ। 

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले बजाजका ग्राहकहरू निरन्तर वृद्धि भइरहेको बताए। नयाँ शोरुम विस्तारसँगै यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्ने गोल्छाले बताए। 

पुष ५, २०७८ सोमबार २१:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।