माओवादी केन्द्र : बागमती प्रदेश अध्यक्षमा दुई र उपाध्यक्षमा १० जनाको उम्मेदवारी

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन्।
यस्तै ३ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुङ्गाना, मैनकुमार मोक्तान, शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्मा उपाध्यक्ष पदमा भिडेका छन्।
यस्तै एक जना सचिव पदका लागि रामचन्द्र अधिकारी र इन्द्रबहादुर थिङले उम्मेदवारी दिएका छन्। सहसचिव ३ पदका लागि ९ जना र कोषाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
माओवादी केन्द्रको निर्वाचन समितिले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि २७५ जनाको मतदाता नामावली सार्वजनिक गरेको छ। १२ बजे अगाडी मतदान सकिए आजै गणना हुने निर्वाचन कमिटीका सदस्य डिबी तामाङले जानकारी दिए।
पुष ५, २०७८ सोमबार २०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।