६ घण्टापछि खुल्यो पूर्वपश्चिम राजमार्ग 

६ घण्टापछि खुल्यो पूर्वपश्चिम राजमार्ग 

छुरा प्रहारबाट गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको गत शनिबार राति मृत्यु भएको विरोधमा स्थानीय र आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।

मृतकका आफन्तसँग सोमबार साँझ भएको वार्तामा तत्कालका लागि गोलबजार नगरपालिकाले क्रियाखर्च बापत ५० हजार उपलब्ध गराउने र थप चार लाख ५० हजार स्थानीय सरकारले उपलब्ध गराउने सहमति भएको छ।

घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सहमतिपछि अवरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ। 

अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा समलियादेवी सदा र निकेश सदा घाइते भएका छन्। उनीहरूको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पुष ५, २०७८ सोमबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।