जिसस डडेलधुराका प्रमुख भट्टको निधन 

जिसस डडेलधुराका प्रमुख भट्टको निधन 

५० वर्षका भट्टलाई एक्कासि बेहोस भएपछि गत मङ्सिर २८ गते उपचारका लागि काठमाडौँको अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो। भट्ट पाटन क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आबद्ध थिए।

भट्ट नेपाल तरुण दलको केन्द्रीय सचिव, कांग्रेस डडेलधुराको क्षेत्रीय सभापति र नेपाल बार एसोसिएसन डडेलधुराको अध्यक्षसमेत भएका थिए। भट्टको मङ्गलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।

भट्टको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन्। 

पुष ५, २०७८ सोमबार २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।