यौन कोठीमा समातिएका कृष्ण यादव प्रदेश २ को कांग्रेस सभापति दाबेदार

१४ वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कान्ति बाल अस्पताल पछाडिको एक घरमा छापा मारेर यादवलाई पक्राउ परेको थियो। उच्च तहका व्यक्तिहरू जाने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीले उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेको थियो। तत्कालीन गृहमन्त्री बामदेव गौतमको दबाबमा उनी २ दिनपछि धरौटी बुझाएर रिहा भएका थिए।
यादव अहिले नेपाली कांग्रेस रौतहटका सभापति छन्। सभापति देउवाले विवादास्पद छविका यादवलाई समर्थन गर्ने निर्णय गरिसकेका छन्। नेता विमलेन्द्र निधिको समर्थनमा प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादव समेत उम्मेदवार बन्ने तयारीमा छन्।
निधीले रामसरोजलाई सभापतिको उम्मेदवार बनाउन शेखर कोइराला समूहको सहयोग मागेका छन्। उनले यसबारे गगन थापासँग समेत छलफल गरेका थिए। तर कोइराला समूहले कुन उम्मेदवारलाई सहयोग गर्ने निर्णय सार्वजनिक गरिसकेको छैन।
पुष ५, २०७८ सोमबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।