फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग स्टडी ग्रुपको सम्झौता

ग्रुपका अनुसार फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वर्ल्ड रिपोर्टको टप पब्लिकहाइयर एजुकेसन इन्स्टिच्युट पर्न सफल विश्वविद्यालय हो।
यो विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूलाई पढाई सकिएपछि गुगल, एप्पल, र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्स जस्ता ग्लोबल कम्पनीहरूमा ४ हजार ८ सय भन्दा बढी इन्टर्न्शिशपप्लेस्मेन्टको सुविधा उपलब्ध गराएको ग्रुपले निकालेको विज्ञप्तिमा लेखिएको छ।
स्टडी ग्रुपले विश्वभरिका ५० युनिभर्सिटीहरूसँग मिलेर ग्लोबल एजुकेसन सम्बन्धी शैक्षिक परामर्श गर्दै आइरहेको उल्लेख गरेको छ।
स्टडी ग्रुपका सिइओ एम्मा ल्यान्कास्टरले अमेरिका अध्ययनको लागि आउन चाहने विद्यार्थीहरू मध्य धेरैको रोजाइमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ्म्याटिक्स अन्तर्गतका विषयहरू पर्ने बताएका छन्। यी विधाहरूमा धेरै प्राथमिकता दिएर लगानी गरेको ल्यान्कास्टरले उल्लेख गरेका छन्।
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीका सिनियर असोसियट प्रोभोस्ट रस इभीले स्टडी ग्रुपसँग मिलेर काम गर्न पाएकोमा उत्साहित भएको बताएका छन्।
पुष ५, २०७८ सोमबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।