संसद्को सम्भावित कार्यसूचीमा दुई अध्यादेश

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रतिनिधि सभाको सम्भावित कार्यसूची अनुसार सांसद प्रेम सुवालले दुवै अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।
प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ गते संसद् बैठकमा विरोध जनाउँदै आएको छ।
पुष ५, २०७८ सोमबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।