भक्तपुरको कटुन्जेमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ 

भक्तपुरको कटुन्जेमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ 

सुर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा आइतबार राति २५ वर्षकी मन्दिरा राईको हत्या गर्ने २८ वर्षका जीवन राइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 

राईलाई आफ्नै डेरा कोठामा कुटपिट गरी मृत अवस्थामा छाडी फरार भएका भोजपुरका जीवनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

पुष ५, २०७८ सोमबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।