राष्ट्रिय सभामा प्रधानमन्त्री देउवाले दलित आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रिय सभामा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू पेश गरिने भएको हो।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले यसबारे जानकारी दिएका हुन्। आज राष्ट्रिय सभाको एघारौं अधिवेशनअन्तर्गत दोश्रो बैठक बस्न लागेको हो।
पुष ५, २०७८ सोमबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।