विमानस्थलबाट ३३३ ग्राम सुनसहित बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातुसहित बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन्।
विमानास्थलमा खटिएको प्रहरीले ह्याण्ड व्यागेजमा जाँच गर्दा आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो। हिमालयन एअरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई सुन जस्तो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा ३३३ ग्रामको धातुसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान एवं कारबाही भइरहेको अन्तर्राराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।
पुष ५, २०७८ सोमबार १२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।