लालबन्दीमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका किशोरको मृत्यु

सर्लाहीः जिल्लाको लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन्।
सोही वडाको बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ट्युसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका बेला उनलाई ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।
पुष ५, २०७८ सोमबार १०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।