कागेश्वरीको रङ्ग पसलमा आगलागी, २ करोडको क्षति भएको दावी

काठमाडौंः आज बिहान काठमाडौंको कागेश्वरी मनोहरा पिपलबोट नजिकको रङ्ग पसलमा आगलागी भएको छ। जनक विस्टको खाली जग्गामा युवराज केसीले सञ्चालन गरेको रङ्ग पसलमा आगलागी भएको हो।
विद्युत्को तार सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। आगलागीबाट करिब ४ करोड बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको थियो। यद्यपि सञ्चालक केसीले भने २ करोडको क्षति भएको बताएका छन्।
बिहान ५ बजेतिर लागेको आगो बिहान सवा ६ बजे पाँच दमकल र स्थानीयको सहयोगमा निभाइएको प्रहरी नायव निरीक्षक रामेश्वर खड्काले बताए। प्रहरीका अनुसार अहिले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।
पुष ५, २०७८ सोमबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।